लिभरपुलको खेलाडी माथी इटालियन क्लबहरुको नजर

एजेन्सी, इङलिस क्लब लिभरपुलका स्विश खेलाडी जेर्डन शकिरि माथी इटालियन क्लब नापोली र लाजियोको नजर रहेको छ। रिपोर्टका अनुसार उनको मुल्य करिब १५ मिलियन पाउन्ड रहेको आंकलन गरिएको छ।

रिपोर्टका अनुसार २९ वर्षका स्विश विङ्गर शकिरीले हालै एक अन्तर्वार्तामा आफु क्लब छाड्न इच्छुक रहेको भनेका थिए। यसका साथसाथै उनले आफू इटाली फर्कन र लाजियोका लागि खेल्न इच्छुक रहेको पनि भनेका थिए। यस अघि उनले अर्का इटालियन क्लब इन्टर मिलानका लागि २० खेल खेलेका थिए।
उनी २०१८ मा अर्का इङलिस क्लब स्टोक सिटिबाट लिभरपुलमा अनुबन्धित भएका थिए। उनले लिभरपुलका लागि ६३ खेल खेल्नुका साथै ८ गोल पनि गरेका छन्। रिपोर्टका अनुसार स्पेनिश क्लब सेभिया र भिलारियालको नजर पनि उनी माथी रहेको छ।