लिभरपुलको कठिन जित, शीर्ष स्थानमा ८ अंकको अग्रता

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा लिभरपुलले जित निकालेको छ ।

खेलमा पहिलो हाफ गोल रहित बराबरीमा रोकेको थियो ।

दोस्रो हाफको ४९ औ मिनेटमा लिभरपुलका मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलायो ।

८२ औं मिनेटमा क्रीस्टल प्यालेसका जाहाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्यायो ।

८५ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई पुर्न अग्रता दिलायो र खेल लिभरपुलले २-१ ले जित्न सफल भयो ।

जितसंगै लिभरपुल लिगको शीर्ष स्थानमा यथावत रहेको छ र शीर्ष स्थानमा ८ अंकको अग्रता लिन सफल भएको छ । त्यसै गरि क्रीस्टल प्यालेस भने १३ औं स्थानमा रहेको छ ।