लिभरपुलको उत्कृष्ट प्रदर्शन जारी, अझै अपराजित

इङलिश प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा कायम रहेको छ ।

गएराति सम्पन्न खेलमा लिभरपुलले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा रोबेर्टो फिर्मिनोले खेलमा निर्णायक गोल गरेका हुन् । १-१ गोलको अवस्थामा रहेको बेला फिर्मिनोले खेलको ८४औ मिनेटमा गोल गर्दै लिभरपुललाई जिताएका थिए ।

यसअघि जोर्डन हेन्डरसनले खेलको आठौ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने वोल्भ्सका राउल जिमेनेजले खेलको ५१औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

लिभरपुलले जित हासिल गरेको यस खेलमा आफ्ना स्ट्राइकर साडियो माने घाइते भएका छन् ।

माने घाइते भएपछि खेलको ३३औ मिनेटमा मैदान छोडेका थिए ।
जितपछि लिभरपुल २३ खेलमा २२ जित र एक बराबरीसहित ६७ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा १६ अंकले अगाडी रहेको छ ।

त्यस्तै वोल्भ्स २४ अंकसहित ३४ अंकसहित सातौ स्थानमा रहेको छ ।