इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।
खेलको सातौं मिनेटमा जोन्जो शेल्भीले गोल गर्दै न्युकासललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, २१ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको २५ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै टिमको अग्रता २-१ को बनाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा ट्रेण्ड एलेक्सजेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।
लिभरपुलको यो शीर्ष डिभिजनमा २००० औं जित हो ।
यस जितसँगै लिभरपुलले १७ खेलमा ४० अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १ अंकले लिभरपुल पछाडी रहेको छ ।
न्युकासल १० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।