लिभरपुलको अपराजित यात्रा कायमै, बनायो इतिहास

ईङ्लिस प्रिमियर लिगमा लिभरपुलले स्पष्ट १९ अंकको अग्रता कायम गरेको छ ।

बुधबार राति भएको खेलमा वेस्ट ह्यामलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले लिगमा ७० अंक जोडेको हो ।

शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग १९ अंकको स्पष्ट अग्रता लिएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहा र एलेक्स अक्सलेड चेम्बरलेनले एक एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा चेम्बरलेनले लिभरपुलको जित सुनिश्चित गरेका थिए ।

लगातार १५ खेलमा जित निकाल्दै लिभरपुल सन् १९९० पछि उपाधि होडमा लम्किएको छ ।

जितसंगै लिभरपुलले आफ्नो इतिहास मै पहिलो पटक सबै १९ टोलिलाई हराउन सफल भएको छ ।

लिभरपुल लिगको ४१ खेलमा अपराजित छ । पराजित बनेको वेस्ट ह्याम रेलिगेशन जोन भन्दा मात्र एक स्थान माथि छ । वेस्ट ह्याम २३ अंक सहित तालिकाको १७ औं स्थानमा छ ।