लिभरपुलको अपराजित यात्रा कायमै, युनाइटेडसंग बराबरीमा रोकियो

इङलिस प्रेमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुल संग १-१ को बराबरी खेलेको छ ।

खेलमा म्यान्चेस्टर युनाइटेडका मार्कोस रास्फोडले ३६ औं मिनेटमा ड्यानियल जेम्सको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलायो ।

दोस्रो हाफको ८५ औं मिनेटमा लिभरपुलका लालान्नाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएको हो ।

बराबरी संगै युनाइटेड १३ औं स्थानमा रहेको छ भने लिभरपुल शीर्ष स्थानमा यथावत् रहेको छ ।