लिभरपुलका स्टार साइन गर्न बार्सिलोना र बायर्न म्युनिख बीच प्रतिस्पर्धा

लिभरपुलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डमलाई साइन गर्ने बार्सिलोना र बायर्न म्युनिख बिच प्रतिस्पर्धा हुने खबर छ।

हाल सिजनको अन्त्य भए पछि जर्जिनियो विज्नाल्डमले क्लब छोड्ने छन्। उनले क्लब सँग सम्झौता विस्तार गरेनन् र उनी हाल फ्री एजेन्टको रुपमा क्लब छोड्न स्वतन्त्र छन्। उनको नयाँ गन्तव्य बार्सिलोना हुने धेरै चर्चा थियो भने हाल खबर अनुसार उनलाई साइन गर्ने दौडमा जर्मन क्लब बायर्न म्युनिख पनि सामेल भएको छ।

डच मिडफिल्डर साइन गर्न बार्साका कोच कोम्यान धेरै इच्छुक रहेका छन् भने उनी पनि आफ्नो मन पर्ने क्लब बार्सामा जान इच्छुक रहेको खबर आउँदै गर्दा बायर्न म्युनिख बार्सा सँग प्रतिस्पर्धा गर्न तयार रहेको जानकारी छ।

लिभरपुलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डम र लियोनका मेम्फिस डिपे आउँदो ट्रान्सफर विन्डोमा बार्साको प्राथमिकता हुने खबर छ। दुवै खेलाडी फ्री एजेन्ट हुने छन्। रोनाल्ड कोम्यान दुई खेलाडीलाई साइन गर्न धेरै इच्छुक छन् भने बार्साले विज्नाल्डमको लागि बायर्न म्युनिखको चुनौतीको सामना गर्न पर्ने छ।