लिभरपुलका स्टार डिफेन्डरले लम्ब्याए सम्झौता

एजेन्सी, इङलिस क्लब लिभरपुलका स्टार डिफेन्डर भर्गिल भ्यान डाइकले आफ्नो क्लबसँगको सम्झौता लम्ब्याएका छन्। रिपोर्टका अनुसार उनले २०२५ सम्मका लागि क्लबसँगको आफ्नो सम्झौता लम्ब्याएका हुन्।

३० वर्षका डच डिफेन्डर भ्यान डाइक लिभरपुलका लागि अत्यन्त महत्त्वपूर्ण खेलाडीका रूपमा चिनिन्छन्। उनी संसारकै उत्कृष्ट डिफेन्डरहरु मध्ये एकको रुपमा पनि चिनिन्छन्। गत सिजन उनी घाइते भएका कारण लिभरपुलको जर्सीमा उनले पर्याप्त खेल समय भने पाउन सकेनन्।
३० वर्षका डच डिफेन्डर भ्यान डाइक २०१८ मा लिभरपुलमा अनुबन्ध भएका थिए। उनी अर्का इङलिस क्लब साउथह्याम्प्टनबाट करिब ७५ मिलियन पाउन्डमा लिभरपुलमा अनुबन्धित भएका हुन्। उनले लिभरपुलका लागि १३० खेल खेल्नुका साथै १३ गोल गर्न पनि सफल भइसकेका छन्।