लिभरपुलका स्टार खेलाडीलाई क्लबमा भित्राउन जाभी इच्छुक

ला लिग क्लब बार्सिलोनाका नयाँ कोच जाभी क्लबका थप एक पूर्व खेलाडीलाई फिर्ता गर्न इच्छुक रहेका छन्। हालै जाभीले क्लबका पूर्व ब्राजिलियन स्टार ड्यानी अल्वेसलाई साइन गरेका छन् भने अब खबर अनुसार लिभरपुलका स्टार खेलाडी थियागो अल्कान्टारालाई साइन गर्न जाभी इच्छुक रहेका छन्।

थियागो अल्कान्टारा पूर्व बार्सा खेलाडी हुन् भने उनी बार्साको एकेडेमी ला मासियका उत्पादन हुन्। उनी बार्साबाट जर्मन क्लब बायर्न म्युनिख गएका थिए भने हाल उनी प्रिमियर लिग क्लब लिभरपुलमा छन् तर रेड्सको लागि उनले सोचे अनुरूप भने खेल्न सकेका छैनन्।

हाल खबर अनुसार थियागो अल्कान्टाराको खेलको जाभी फ्यान हुन् र उनलाई साइन गर्न जाभी धेरै इच्छुक रहेको रिपोर्ट छ।

 

थियागोले २०१३मा बार्सिलोना छोडेका थिए र उनले पेप गार्डियोला रहेको बायर्न सँग खेले। उनले स्पेनको यु२१ टिमको साथ युरोपियन च्याम्पियनसिप जितेका थिए भने सो क्रममा उनले आफूलाई खेलमा उत्कृष्ट प्लेमेकरको रूपमा स्थापित गरे।

उनले बायर्नसँग सात बुन्डेसलिगा उपाधि जितेका छन्, साथै २०२० च्याम्पियन्स लिगको जितमा उनी एक महत्त्वपूर्ण खेलाडी रहेका थिए।