लिभरपुलका विङ्गरले गरे क्लबसंग नया सम्झौता

एजेन्सी, लिभरपुलका युवा विङ्गर हार्वे एलियटले थप पाँच बर्षका लागि क्लबमै रहने गरि नया सम्झौता गरेको छ। नया सम्झौतासंगै उनी लिभरपुलमा २०२६ सम्म लिभरपुलमा रहने भएको छ।

१८ बर्षिय युवा विङ्गरले लिभरपुलमा दुई बर्ष बिताइ सकेका छन। उनी फुल्ह्यामबाट लिभरपुलमा गएका थिए।

गत सिजन उनी लोनमा ब्ल्याकबर्न रोभर्स पुगेका थिए। उनले रोभर्समा प्रभावशाली प्रदशन गर्दै ७ गोल र ११ अस्सिट गरेका थिए।

लिभरपुलमा आबद्ध भए पछि एलियटले सबै प्रतियोगिता गरेर ८ खेल खेलेका छन। पछिल्लो पटक लिभरपुलका लागि उनले लिंकन सिटिविरुद्ध खेलेका थिए। उक्त खेलमा उनले एक अस्सिट गर्दै टोलिको फराकिलो जितमा मुख्य भुमिकामा थिए।

एलियटले नया सम्झौता गरेसंगै आगामी सिजनमा कोल्पाले उनलाई पहिलो टोलिका लागि मौका दिने सम्भावना बलियो छ।