लिभरपुलका मिडफिल्डर चेम्बरलेन सन् २०२३ सम्म क्लवमै रहने

इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर एलेक्स आक्लेड चेम्बरलेन सन् २०२३ सम्म क्लवमै बस्ने सम्झौता गरेको छ।

यसअघिको सम्झौता अनुसार उनको सम्झौता सन् २०२२ सम्मको लागि मात्रै थियो। सम्झौता अवधि थपिएसँगै उनले भने ‘सम्झौता अवधि थपिएकोमा म निकै खुसी छु। मलाई विश्वास छ मैले अझै राम्रो खेल प्रदर्शन गर्न सक्छु।’

चेम्बरलेनले इंग्ल्याण्डबाट ३२ खेल खेलिसकेका छन्। लिभरपुलले २०१७ मा आर्सनलबाट उनलाई ३५ मिलियन पाउण्ड खर्चेर भित्र्याएको थियो।