लिभरपुलका मालिकले क्लबलाई राखे बिक्रिमा

प्रिमियर लिग क्लब लिभरपुललाई उसको मालिक फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) द्वारा बिक्रीको लागि राखिएको छ।

द एथलेटिकको रिपोर्ट अनुसार एफएसजी लिभरपुललाई बेच्न तयार रहेको छ र सो गर्न लागि एफएसजीले पूर्ण बिक्री प्रस्तुति उत्पादन गर्दै सम्भावित सुटकर्ताहरूलाई प्रस्तुत गरिएको छ।

लिभरपुललाई फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी)ले कहिले र कसलाई बेच्न भनेर हाल कुनै जानकारी छैन तर क्लब किन्न इच्छुक रहेकोलाई आफ्नो प्रस्ताव दिन लिभरपुलका अमेरिकी मालिकले निमन्त्रणा गरेको छ । अमेरिकी समूह फएसजीले जर्ज गिलेट जुनियर र टम हिक्स संग २०१०मा क्लब खरिद गरेको थियो। ।

एफएसजी अन्तर्गत, लिभरपुलले योर्गेन क्लोपलाई व्यवस्थापकको रूपमा नियुक्त गर्दै २०१९ च्याम्पियन्स लिग र २०२० मा पहिलो पटक प्रिमियर लिग उपाधि जित्दै विश्वको उत्कृष्ट टोलीहरू मध्ये एक बनेको थियो।

एफएसजी मुख्यतया अमेरिकी व्यापारी जोन डब्ल्यू हेनरीको स्वामित्वमा छ, जो मेजर लीग बेसबल टोली बोस्टन रेड सोक्सको पनि मालिक हुन्।

गत वर्ष, मात्र एफएसजीले लिभरपुलको लागि आएको ३ बिलियनको प्रस्ताव अस्वीकार गरेको थियो भने हाल क्लब बेच्न उनी इच्छुक रहेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ