लिभरपुलका प्रशिक्षक क्लोपले मेस्सी र रोनाल्डो बारे येस्तो भने

इङ्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले मेस्सी र रोनाल्डोको विवाद कहिल्यै अन्त्य नहुने विषय भएको बताएका छन् । ‘मेस्सी र रोनाल्डो एकै समयका महान फुटबलर हुन् ।
मेस्सी र रोनाल्डो जस्तो उत्कृष्ट र निकै चर्चा भएको खेलाडी अब कहिल्लै देख्न सकिन्न । एकै समयमा यी दुई खेलाडीले ठूला उपाधि र ऐतिहासिक उपलब्धि हासिल गरेकाले पनि को ठूलो भन्ने होडबाजी चलेको हो,’ क्लोपले लिभरपुल टेलिभिजनसँगको अन्तर्वातामा भने ।

ब्यालोन डि’ओर जितेपनि नजितेपनि मेस्सी र रोनाल्डो उत्कृष्ट नै रहने क्लोपले बताए । मेस्सी र रोनाल्डोको विवाद घामछायाँ जस्तै हो । जो एकअर्काको पूरक मानिन्छन्, ५१ बर्षीय क्लोपले थपे । क्लोपले मेस्सीसँग आफूले एक पटक सेल्फी खिचेको पनि बताए ।

‘म सँग मेस्सीसँग खिचाएको एकमात्र सेल्फी फोटो छ । त्यतिबेला रोनाल्डो पनि एउटै कोठामा थिए । त्यतिबेला फोटो खिच्न मेस्सी र रोनाल्डोमध्ये एक छान्न मलाई निकै कठिन भयो,’ क्लोपले भने । यस्तो कठिन अवस्थामा छान्नै पर्दा आफुले मेस्सीलाई छान्ने क्लोपले बताए ।