लिभरपुलका पुर्व विङ्गरद्वारा सन्यासको घोषणा

एजेन्सी, लिभरपुलका पुर्व विङ्गर स्टेवार्ट डाउनिङले फुटबलबाट सन्यासको घोषणा गरेको छ । ३७ बर्षको उमेरमा उनले फुटबल गतिविधिबाट पछि हट्ने निर्णय गरेको हो ।

उनले आफ्नो २० बर्षिय खेल जिवनमा ७२५ खेल खेलेका छन । त्येस्तै, इंग्ल्यान्डका लागि ३५ खेल खेल्दै युरो २००६ र विश्व कप २०१२ मा टोलिमा पर्न सफल भएका थिए ।

उनी पछिल्लो समयमा दोश्रो श्रेणिको क्लब ब्ल्याकबर्न रोभर्सबाट खेल्दै आएका थिए । क्लबसंग सम्झौता सकिए पछि उनले क्लब छाडेका थिए ।

डाउनिङको करिअर २००१ मा मिडलब्राउजबाट सुरु भएको हो । यस्तै, उनले एस्टन भिल्ला, लिभरपुल जस्ता क्लबबाट पनि खेलिसकेका छन ।