लिभरपुलका पुर्व प्रशिक्षक एभरटन जान इच्छुक

एजेन्सी, लिभरपुलका पुर्व प्रशिक्षक राफा बेनिटेज एभरटनका नयाँ प्रशिक्षक बन्ने सम्भावना झन प्रबल देखिएको छ। एभरटनका पुर्व प्रशिक्षक कार्लो एन्सेलोटिले रियल मड्रिड जाने निर्णय गरे पछि एभरटन नयाँ प्रशिक्षकको खोजीमा छन्।

एभरटन लिभरपुलको घरेलु प्रतिद्वन्दी भएकाले एभरटनका फ्यानहरु द्वारा यसको विरोध भएता पनि बेनिटेज भने एभरटनको नयाँ प्रशिक्षकको जिम्मेवारी लिन इच्छुक रहेको बताइएको छ। रिपोर्टका अनुसार बेनिटेज राम्रो नतिजाले फ्यानहरुको मन जित्न सकिने कुरामा विश्वस्त छन् र एभरटनको उदेश्य र ट्रान्सफर मार्केटमा राम्रा खेलाडीहरुका लागि खर्च गर्ने इच्छुकता देखेर प्रभावित छन्।
६१ वर्षका स्पेनिश प्रशिक्षक बेनिटेज २००४ देखि २०१० सम्म लिभरपुलका प्रशिक्षक थिए। उनले २००५ मा लिभरपुलसँग च्याम्पियनस लिगको उपाधी पनि जित्न सफल भएका थिए। उनले रियल मड्रिड र नापोली जस्ता क्लबहरुलाई पनि प्रशिक्षण दिई सकेका छन्।