“लिभरपुलका डिफेन्डर भ्यान डाइक वास्तवमा एक अविश्वसनीय खेलाडी हुन्”

बोरुसिया डार्टमन्डका स्टार युवा स्ट्राइकर अर्लिङ हालान्डले लिभरपूल डिफेन्डर भर्जिल भ्यान डाइकका प्रशंसा गरेका छन्।

यस सीजनको सुरुमा च्याम्पियन्स लिग समूह चरणमा यी जोडी एक अर्काको सामना गरेका थियो, त्यो समय हालान्ड आरबी साल्जबर्गमा थिए।

हालान्डले फ्रान्स फुटबललाई भने: “उनी वास्तवमै राम्रो खेलाडी हुन्।

“उहाँ शक्तिशाली, छिटो र उनि संग सबै आवश्यक गुणहरू छन्। उहाँ वास्तवमै एक अविश्वसनीय खेलाडी हुन्।”

हालान्डले अरु क्लब जान डार्टमन्डलाई सानो कदमको रुपमा प्रयोग गरेको दाबीलाई अस्वीकार गरे: “म भर्खरै यहाँ पुगेँ।

“म यहाँ धेरै खुसी छु र म यहाँ आउन साँच्चिकै सबै छोड्न तयार थिए। म यहि मात्र व्यस्त छु। म यस स्टेडियमबाट गूब्सब्प्स पाउँदछु र म यहाँ घरमा जस्तो महसुस गर्छु।”