लिभरपुलका च्याम्पियनस लिग हिरोले गरे क्लबसँग नयाँ लामो समयको सम्झौता

लिभरपुलका स्ट्राइकर दिभोक ओरिगीले क्लबसंग नयाँ लामो समयको सम्झौता गरेका छन् ।

२४ वर्षीय खेलाडी जो २०१४ मा फ्रेन्च क्लब लिल्लबाट आएको थियोे, उनले आफ्नो यादगार लिभरपुलको क्यारियरमा ताजा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

ओरिगीले च्याम्पियनस लिग फाइनल खेलमा टोटेन्ह्यामबिरुद्ध दोस्रो गोल गर्दै लिभरपुललाई छैटौं च्याम्पियनस लिग उपाधी जिताउन मद्दत गरेका थिए ।

२०१४ मा लिभरपुल आए पछि उनले क्लबका लागि ९८ खेल खेल्दै २८ गोल गरेका छन ।