लिभरपुलका गोलकिपरले लम्ब्याए सम्झौता

एजेन्सी, इङलिस क्लब लिभरपुलका गोलकिपर एलिसन बेकरले आफ्नो क्लबसँगको सम्झौता लम्ब्याएका छन्। रिपोर्टका अनुसार उनी अब २०२७ सम्मका लागि लिभरपुलमा अनुबन्धित छन्।

२८ वर्षका ब्राजिलियन गोलकिपर बेकर २०१८ मा इटालियन क्लब रोमाबाट लिभरपुलमा अनुबन्ध भएका थिए। उनी ६६.८ मिलियन पाउन्डमा लिभरपुलमा अनुबन्ध भएका हुन्। २०१७/१८ च्याम्पियनस लिग सिजनको फाइनलमा लिभरपुल स्पेनिश क्लब रियल मड्रिडसँँग पराजित भए पछि उनी लिभरपुलमा अनुबन्ध भएका थिए। लिभरपुलमा अनुबन्ध भएको पहिलो सिजनमा नै उनले च्याम्पियनस लिगको उपाधी जित्न सफल भएका थिए।
उनले लिभरपुलका लागि १३० खेल खेली सकेका छन्।गोलकिपर भएता पनि उनले लिभरपुलका लागि एक गोल गर्न सफल भएका छन्। उक्त गोल उनले गत प्रेमियर लिग सिजनमा हेडर मार्फत गरेका थिए।