लिभरपुलका गोलकिपरले गरे खेलको अन्तिम मिनेटमा येस्तो उत्कृष्ट गोल

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले रेलिगेसनमा परेको वेस्ट ब्रमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाह र एलिसन बेकरले एक एक गोल गरे ।

वेस्ट ब्रुमका हाल रोबिन्सन कानुले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने वेस्ट ब्रमले बनाएको थियो ।

खेलको १५ औं मिनेटमा रोबिन्सन कानुले गोल गर्दै वेस्ट ब्रमलाई अग्रता दिलाएका थिए ।

 

तर, खेलको ३३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोलकिपर एलिसनले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

गोलकिपर एलिसनको गोल हेर्नुहोस:

 

ट्रेण्ड आर्नोल्डको कर्नर बलमा एलिसनले उत्कृष्ट हेड गोल गरेका थिए ।

यस जितसँगै लिभरपुलले ३६ खेलमा ६३ अंक जोडेको छ । लिभरपुल पाँचौ स्थानमा रहेको छ ।

यस जितले लिभरपुलको शीर्ष चारको सम्भावना जीवित रहेको छ ।

वेस्ट ब्रम २६ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।