लिभरपुलका खेलाडिले छाडे क्लब

एजेन्सी, लिभरपुलका मिडफिल्डर मार्को ग्रुयिच पोर्चुगिज क्लब पोर्टोको स्थाइ खेलाडी भएको छ । गत सिजन ३९ खेल्दै २ गोल गरेका थिए ।

यर्गन क्लोपको पहिलो खेलाडिका रुपमा ग्रुयिचलाइ भित्र्याएको थियो । २०१६ मा उनी रेड स्टार बेल्ग्रेडबाट एन्फिल्ड आएका हुन ।

आफ्नो डेब्यु सिजनमा उनले ८ खेलमा उपस्थिति जनाए । त्येस्को पछिल्लो सिजन उनले ६ खेल खेल्दै अर्को सिजन कार्डिफ सिटि तर्फ लोनमा जाँदै आधा सिजन बिताए ।

उनी जर्मनका हर्था बर्लिनमा दुई सिजन लोनमा खेल्दै प्रभावशाली प्रदशन गरे ।

गत सिजनको सुरुवातमा लिभरपुलबाट लिग कप खेल्दै पहिलो गोल समेत गरे । त्यस, पछि पोर्टोमा बाकी सिजन बिताउदै क्लबको महत्त्वपूर्ण खेलाडी बने ।

प्रि-सिजनका लागि लिभरपुलसंग अष्ट्रियामा प्रशिक्षण गर्दै आएका ग्रुजिक पोर्टोको प्रशिक्षणमा भाग लिने छ ।