लिभरपुलका कप्तानले लम्ब्याए सम्झौता

एजेन्सी, इङलिस क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले आफ्नो आफ्नो क्लबसँगको सम्झौता लम्ब्याएका छन्। रिपोर्टका अनुसार उनी अब २०२५ सम्मका लागि लिभरपुलमा अनुबन्धित छन्।

हेन्डर्सन २०११ मा अर्को इङलिस क्लब सन्डरल्यान्डबाट लिभरपुलमा अनुबन्ध भएका थिए। उनले लिभरपुलसँग एक प्रेमियर लिगको उपाधी जित्नुका साथसाथै एक च्याम्पियनस लिगको उपाधी पनि जिति सकेका छन्।
३१ वर्षका इङलिस मिड्फिल्डर हेन्डर्सनले लिभरपुलका लागि ३९४ खेल खेल्नुका साथै ३० गोल पनि गरिसकेका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि भने उनले ६४ खेल खेली सकेका छन् भने १ गोल गर्न सफल पनि भएका छन्।