लिड्स युनाईटेड टोटेन्हम माथि हाबि

एजेन्सी, इगंलिस प्रिमिएर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा लिड्स युनाईटेडले जित हासिल गरेको छ। टोटेन्हम हट्स्परलाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भएको हो।

लिड्सलाई जित दिलाउन स्टुआर्ट दालास, प्याट्रिक ब्याम्फोर्ड र रोड्रिगोले एक एक गोल गरे। टोटेन्हमका लागि भने सनको गोल सान्त्वना हुनपुग्यो। पहिलो हाफमा २-१ गोलको अग्रता लिएको लिड्सले दोश्रो हाफमा थओ एक गोल गरे।

लिड्सका लागि खेलको १२ औं मिनेटमा दालासले गोल गर्दै अग्रता दिलाए। राफिन्याको क्रस टोटेन्हमको डिफेन्डरलाई लाग्दा किपर लोरिसले बचाए तर रिबाउन्डमा आएको बललाई दालासले गोल गरे।

टोटेन्हमले खेलको २२ औं मिनेटमा बराबरी गोल फर्काए। डेलि अलिले द्रिबल गर्दै शनलाई पास निकाल्दिए पछि सनले वान अन वानको अवस्थामा गोल गर्दै खेल १-१ गोलको नतिजामा ल्याए।

खेलको ३१ औं मिनेटमा ह्यारी केनले टोटेन्हमलाई अग्रता दिलाए तर भिएआरले आफसाइडको संघ्या दिदा खेल बराबरीमा अघि बद्द्यो।

लिड्सले फेरि ४१ औं मिनेटमा अग्रता लिन सफल भयो। एलिओस्कीको पासमा पोस्ट नजिकै रहेको ब्याम्फोर्डले ट्याप इन गर्दै पहिलो हाफमा अग्रता दिलाए।

दोश्रो हाफको ८३ औं मिनेटमा राफिन्याको पासमा रोड्रिगोले सहज गोल गर्दै जित सुनिस्चित पारे।

यो जित पछि लिड्स युनाईटेडको ५० अंक रहदै नौ स्थानमा उक्लेको छ। त्येस्तै टोटेन्हम भने ५६ अंकका साथ छैठौं स्थानमा यथावत रहेको छ।