लिड्स युनाइटेडले भित्र्यायो बार्साका डिफेन्डर

लिड्स युनाईटेडले डिफेन्डर जुनियर फिर्पोलाई अनुबन्ध गरेको छ ।

प्रिमियर लिग क्लब लिड्सले स्पेनिस क्लब बार्सिलोनाबाट युवा डिफेन्डरलाई अनुबन्ध गरेको हो ।

२४ वर्षीय सेन्टर ब्याकलाई १२.८ मिलियन पाउण्डमा लिड्सले अनुबन्ध गरेको बताईएको छ ।

फिर्पोले लिड्ससँग चार वर्षको सम्झौता गरेका छन् । उनी २०२५ सम्म लिड्समा रहने छन् ।

स्पेनको उमेर समूहबाट खेलिसकेका फिर्पोले बार्सिलोनाका ४१ खेलमा २ गोल गरेका थिए ।

रियल बेटिसबाट २०१९ मा बार्सिलोना आएका उनले गत सिजन ७ ला लिगा खेलमा १ गोल गरेका थिए ।

बार्सिलोनामा दुई सिजन बिताउँदा उनले कोपा डेल रेको उपाधि जितेका थिए ।