लिड्सलाई जित्न चेल्सी असफल

एजेन्सी, प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाईटेडसंग बराबरी खेलेको छ ।

शनिबार राति लिड्सको घरेलु मैदानमा चेल्सीले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

दुवै टिमले खेल अवधिभर कुनै राम्रो आक्रमण बुन्न सकेनन् ।

पहिलो हाफमा लिड्सले प्रहार गरेको बल चेल्सीको पोस्टमा लागेर फर्किएको थियो ।

बराबरीसंगै लण्डन क्लब चेल्सीले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

बराबरीको नतिजासंगै चेल्सी तालिकाको चौथो स्थानमा यथावत रहेको छ । चेल्सीको ५१ अंक छ । लिड्स ३६ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।