लिड्समाथी चेल्सीको पुनरागमन जित

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा चेल्सीले जित हात पारेको छ ।

चेल्सीको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रीजमा भएको खेलमा लिड्स युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा पहिला लिड्सले अग्रता लिएको हो ।

२८ औं मिनेटमा राफिन्हाले पेनाल्टी मार्फत गोल गर्दै लिड्सलाई अग्रता दिलाए ।

४२ औं मिनेटमा चेल्सीका मेसन माउन्टले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफको ५८ औं मिनेटमा जोर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।

८३ औं मिनेटमा लिड्सका जोले गोल गर्दै बराबरीमा ल्याए ।

खेलको अन्तिम मिनेटमा जोर्जिन्होले फेरि पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पुनरागमन जित दिलाउन सफल भयो ।

जितसंगै चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ भने लिड्स युनाइटेड १५ औं स्थानमा रहेको छ ।