लिङ्गार्ड युनाइटेडमा नै बस्न इच्छुक

एजेन्सी, इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडका इङ्लिस खेलाडी जेस्सी लिङ्गार्ड युनाइटेडमा नै बस्न इच्छुक देखिएका छन्। युनाइटेडमा पर्याप्त खेल समय नपाए पछि उनी गत सिजनको मध्यमा वेस्ट ह्याममा लोनमा जानु परेको थियो। 

म्यान्चेस्टर युनाइटेड वेस्ट ह्यामका खेलाडी डेक्लन राइस भित्र्याउन इच्छुक देखिन्छन् भने वेस्ट ह्याम पनि स्थायी रूपमा नै लिङ्गार्ड राख्न इच्छुक देखिन्छन्। यसैले युनाइटेडले लिङ्गार्ड पठाएर राइस भित्र्याउन खोज्ने सम्भावना प्रबल देखिन्थ्यो। रिपोर्टका अनुसार लिङ्गार्डले भने आफू युनाइटेडमा नै बस्न र खेल समयका लागि लड्न तैयार भएको प्रष्ट पारेका छन्।
२८ वर्षका इङ्लिस खेलाडी लिङ्गार्ड म्यान्चेस्टर युनाइटेडका एकेडेमीकै उत्पादन हुन्। उनले युनाइटेडका लागि २१० खेलमा ३३ गोल गरेका छन्। वेस्ट ह्याममा लागि भने उनले १६ खेलमा ९ गोल गरेका थिए।