लिग १मा लोरेन्टको यस्तो अविश्वसनीय फ्री-किक गोल

फ्रेन्च लिग १मा लोरेन्ट र नान्ट्स बिचको खेलमा लोरेन्टका अरमान्ड लॉरिएन्टेले निकै अविश्वसनीय फ्री-किक गोल गरेका छन्।

खेलमा लोरेन्ट १-०ले पछि परेको बेला अरमान्ड लॉरिएन्टेले ४० यार्डबाट फ्री किक प्रहार गरे जुन निकै उत्कृष्ट गोलमा परिणत भएको थियो। खेलको २ मिनेट मै नान्ट्सले गोल गर्दै अग्रता लिएको थियो र ८८औं मिनेटमा लॉरिएन्टेले निकै उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई हारबाट जोगाए।

हाल लोरेन्टको सो अविश्वसनीय फ्री-किक गोलको भिडियो भाइरल हुँदै गएको छ भने अरमान्ड लॉरिएन्टेको धेरै प्रशंसा हुँदै गरेको छ। यो वर्षको गोल अफ द यर अथवा पुस्कस अवार्ड उनले पाउन पर्ने धेरैको विश्वास छ।

आफ्नो टिम हार नजिक रहेको बेला २२ वर्षीय अरमान्ड लॉरिएन्टेले ४० यार्डबाट गरेको सो गोलको तुलना जुनिन्हो पर्नाम्बुकानोको गोलहरू सँग हुँदै गरेको छ।