‘लिग थ्रीस्टारले जित्छ’ – भन्छन् जितु नेपाल

हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले आगामी असोज १३ गते देखि सुरु हुन लागेको सहिद स्मारक ए डिभिजन लिग थ्रीस्टार क्लबले जित्ने अनुमान गरका छन् ।

अखिल नेपाल फुटबल संघको आयोजनामा जारी ट्रफी टूर कार्यक्रममा सहभागिता जनाउन बानेश्वरस्थित रत्नराज्य स्कुलमा पुगेको जितु नेपालले आफु थ्रीस्टार फ्यान भएको प्रतिक्रिया दिए ।

नेप्लेजसँग कुरा गर्दै जितुले भने,‘उत्कृष्ट खेलाडीको समिश्रण रहेका कारण थ्रीस्टारले लिग जित्छ भन्ने अनुमान गरेको हुँ ।’