एएफसी कपको अन्तिम खेलमा आज मनाङ र चेन्नइन भिड्दै; पुरा जानकारी

एएफसी कप समूह चरणको अन्तिम खेलमा बुधबार लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र भारतको चेन्नइयन फुटबल क्लबबीच भिदन्त हुँदैछ । यो खेल दिउँसो ४:१५ बजे नेपालको एन्फा कम्प्लेक्स मैदानमा हुनेछ।

यो प्रतियोगितामा मनाङले ऐक खेल पनि जित्न सकेका छैन। ५ खेल खेल्दा मनाङले २ खेल बराबरी र बाँकी ३ खेलमा पराजय भोगेको छ।

बंगलादेशको अबहनीविरुद्धको खेलमा मनाङले ५ गोलको लज्जास्पद हार व्यहोरेको थियो ।  मनाङले मिनर्भा पञ्जाबलाई दुवै खेलमा बराबरीमा रोकेको थियो । पाँच खेलमा मनाङले ११ गोल खाएको छ भने ३ गोल मात्र गर्न सक्यो।

समूह E मा अबहनी १० अंक बनाउँदै शीर्ष स्थानमा छ भने चेन्नइयन ८ अंक सहित दोस्रो स्थानमा छ ।

बुधबार मनाङलाई हराएर मात्र चेन्नइयनको यात्रा अघि बढ्ने छैन । यही समयमा पञ्जाब र अबहान पनि खेल्दैछन् । पञ्जाबमा हुने खेलमा अबहनी पराजित भएको खण्डमा चेन्नइन अर्को चरणमा प्रवेश गर्नेछ ।