लिग उपाधी जिते पछि सुआरेज भाबुक

एजेन्सी, एट्लेटिको म्याड्रिडले ला लिगा उपाधी जित्न रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्यो। लिग उपाधी जिते पछि सुआरेज भावुक बन्न पुगे।

यसै सिजन बार्सिलोनाबाट एट्लेटिको म्याड्रिड आएका सुआरेजले आफ्नो प्रभाव छाड्न समय लागेन। उनैको निर्णायक गोलमा एट्लेटिकोले लिग उचाले।

रेफ्रिले खेल सकेको घोषणा गरेसंगै सुआरेज भावुक हुनपुग्यो। उनि अप्रत्याशित दङ्गले बार्सिलोनाबाट बाहिरिनु पुगेको हो।

“बार्सिलोनाले मेरो मूल्य बुझेन। एटेलेटिकोले मलाइ धोका खोलिदियो र मलाइ बिश्वास गरेकोमा म कृतज्ञ छु।” सुआरेजले भने।

सुआरेजको २१ लिग गोल मध्ये ७ गोल निर्णायक रह्यो। उन्ले अन्तिम दुई खेलमा दुई गोल गर्दै ६ अंक जोड्न सहयोग पुराए।

अरु सहकर्मी जस्तै सुआरेज यो क्षणलाई आफ्नो परिवारसंग बाड्न चाहन्छन। उनि भिडिओ च्याटमा आफ्ना परिवारसंग कुरा गर्दा भावुक बने।