लिग उपाधिको लागि लिभरपुलले सिटीलाई पछि पार्न सक्ने स्टार डिफेन्डरको विश्वास

लिभरपुलले चेल्सीसँग २-२ गोलको बराबरी खेले पनि लिभरपुलले अझै म्यानचेस्टर सिटीलाई पछि पार्दै लिग जित्न सक्ने लिभरपुलका स्टार डिफेन्डर भर्जिल भ्यान डाइकको विश्वास रहेको छ। हाल लिभरपुल लिगको तेस्रो स्थानमा रहेको छ भने सिटी र लिभरपुल बिच १० अंकको दुरी रहेको छ तर लिभरपुलले चेल्सी र सिटी भन्दा एक खेल कम खेलेको छ र सिटीलाई अझै पछि पार्दै लिग जित्न सक्ने भ्यान डाइकको विश्वास रहेको देखिन्छ।

“यो विश्वास गर्न कहिल्यै गाह्रो छैन कि लिभरपुलले म्यान सिटीलाई ‘क्याच’ गर्न सक्छ” स्टार डिफेन्डर भर्जिल भ्यान डाइकले खेल पछि स्काई स्पोर्ट्सलाई भने।

“यो ठुलो अंक दुरी हो त्यसैले उनीहरू पनि दबाबमा छन् जसको कारण उपाधि गुम्न सक्छ,  तर जे पनि हुन सक्छ।

“भाग्यवश हामीले यो अनुभव गरेका छौ जहाँ हामीसँग अग्रता थियो, हामी अगाडि थियौँ, र त्यसपछि हामी फेरी पछाडि पुग्यौँ त्यसैले जे पनि सम्भव छ।

“हामी आफैँमा ध्यान केन्द्रित गर्नेछौँ, हामीले केवल परिणामहरू प्राप्त गर्न, राम्रो फुटबल खेल्न र खेलहरू जित्नु पर्छ। यो धेरै सजिलो सुनिन्छ तर यो कठिन छ जस्तो आज देख्नुभयो।”

२-०को अग्रता जोगाउन नसक्दा चेल्सी सँग प्रिमियर लिगमा लिभरपुलले अंक बाढेको थियो। यो बराबरीसंगै चेल्सी तालिकामा दोस्रो स्थानमा छ। लिभरपुलले एक खेल कम खेल्दै चेल्सी भन्दा एक स्थान तल रहेको छ ।