लिगांर्ड चम्किदा वेस्टहम युनाईटेडको सान्दार जित

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ ।

आइतबार राति भएको खेलमा वेस्टह्यामसँग लेस्टर ३–२ गोल अन्तरले पराजित भएको हो ।

पराजित भएपनि लेस्टर ५६ अंकसहित तेस्रो स्थानमा रहेको छ भने विजयी भएको वेस्टह्याम ५५ अंकसहित चौथो स्थानमा रहेको छ ।

वेस्टह्यामलाई जिताउनका लागि जेसस लिंगार्डले दुई गोल गर्दा जेरुड बोइनले एक गोल थपेका थिए । लेस्टरका लागि केलिची इनह्यान्चोले दुई गोल गरेपनि हार टार्न पर्याप्त भएन ।