लिगांर्ड अर्को सिजन म्यान्चेस्टर युनाईटेडमा फर्किने

एजेन्सी, जेसि लिगांर्डले अर्को सिजन वेस्ट ह्याम युनाईटेडबाट खेल्ने सम्भावना न्यून छ। म्यान्चेस्टर युनाईटेडले मागेको रकम मन्जुर नभए पछि उनी युनाईटेडमा फर्किने छ।

इंगलिश विङ्गरले वेस्ट ह्याममा करिअरकै आफ्नो उच्च प्रदशन गरेका छन। उन्को प्रदशनले वेस्ट ह्यामलाई युरोपियन छनौटमा उभ्याउन मद्दत गरेको छ।

कोरोनाका कारण आर्थिक भार बोकि रहेको वेस्ट ह्यामलाई लिगांर्डको पारिश्रम दिन सक्ने बताएको छ। लिगांर्डले हप्ताको £ १,००,००० मागेको छ।

सिजनको पहिलो हाफ लिगांर्डले म्यान्चेस्टर युनाईटेडमा खेल्ने मौका पाएको थिएन। जानवरीमा वेस्ट ह्याम गएका लिगांर्ड १३ खेलमा ९ गोल गरेका छन।

वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोएसले बिगतमा पनि लिगांर्डसंग काम गरेका थिए। लिगांर्डलाई भित्र्याउन अन्य युरोपियन क्लबहरु लागि परेका छन।