“लिगमा शीर्ष ४ मा प्रवेश गर्नु मात्र हाम्रो लागि पर्याप्त हुने छैन”

बार्सिलोनाका मिडफिल्डर सर्जी रोबर्टोले हाल क्लबको फर्म राम्रो नभएको स्वीकार गरेका छन्। यस हप्ता ग्रेनाडा र क्याडिजसँग बराबरी खेलेपछि बार्सिलोनाका कोच रोनाल्डो कोम्यान दबाबमा रहेका छन् भने लिगमा बार्सा केवल २ जितको साथ ७औँ स्थानमा रहेको छ।

क्याडिज सँगको बराबरी पछि, रोबर्टोले बार्साको फमको बारे कुरा गर्दै भने: “यहाँ हाम्रो लक्ष्य ला लिगा जित्ने हुनु पर्छ- लिगमा शीर्ष ४ मा प्रवेश गर्नु मात्र मेरो लागि पर्याप्त हुने छैन”

“हामीले उपाधि को लागी लड्नु पर्छ, हामी सँग एक राम्रो टिम छ र केही खेलाडीहरू चोट ग्रसित भए पनि हाम्रो टिम राम्रो रहेको छर लिगमा लड्न को लागी एक टिम छ।”

उनले थपे: “हामीले खेलमा सय प्रतिशत दिनुपर्छ र म त्यो गरिरहेको छु। अझ राम्रो समय आउनेछ, हामी पहिले भन्दा धेरै एकजुट हुनु पर्छ। अगाडि बढ्नु पर्छ। हामी धेरै राम्रो लयमा छौँ। तर म खुसी छु।”

हाल बार्सा लिगमा २ जित र ३ बराबरीको साथ लिगको सातौँ स्थानमा रहेको छ। हाल सम्म बार्साले ९ अंक हासिल गरेको छ भने बार्साको चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड ५ जित र १ बराबरीको साथ लिगको शीर्ष स्थानमा रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ