लिगको नयाँ तालिका सार्वजनीक, पहिलाे खेलमा मनाङ र एनअारटी भिड्ने

सहिद स्मारक ए डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनीक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार लिगको नयाँ तालिका सार्वजनीक गरेको छ ।

एन्फाले चार्ड पर्वका कारण स्थगित गरेको लिग मंसिर १ गते सुरु गर्ने निर्णय गरेको थियो । असोज १३ गते सुरु भएको लिग बंगबन्धु गोल्डकप र दशै, तिहार र छठ्का कारण स्थगित गरिएको थियो ।

लिगको पहिलो चरणको खेल सम्पन्न भईसकेका छन् ।
मंसिर १ गतेबाट सुरु हुने लिगको दोस्रो चरणका पहिलो खेलमा सिग्नेचर मनाङ मस्र्याङ्दी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचाेक मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल सातदाेबाटाेस्थित एन्फा टेक्निकल सेन्टरमा दिउँसो २ बजे हुनेछ ।

लिगको पुरा तालिका: