लिओनेल मेस्सी युरोपको सर्वश्रेष्ठ फुटबलर, रोनाल्डो शीर्ष १०मा पनि परेनन्

विश्वको सर्वश्रेष्ठ फुटबलरको नाम लिओनेल मेस्सीले पाएका छन् भने क्रिस्टियानो रोनाल्डो शीर्ष १० पनि पर्न असफल भएका छन् ।

यस वर्ष खेलाडीहरुको प्रदर्शनको आधारमा CIES फुटबल वेधशालाले विश्वको सर्वश्रेष्ठ खेलाडीहरुको सूची बनाएको छ।

यस महिनाको सुरुमा बलोन डी ओर जितेका मेस्सी, यो सूचीमा शीर्षमा छन् , र भर्जिल भ्यान डाइक शीर्ष १० भित्र पर्न सफल भएका छन्।

तल पूर्ण सूची हेर्नुहोस

मेस्सी पछाडिको दुई स्थानमा नेमार र हकीम जियाच पर्न सफल भएका छन्।

अर्कोतर्फ रोनाल्डो १२औंमा छन्, म्यानचेस्टर सिटीक रियाद महरेजसँग उनले उक्त स्थान बांडनु
परेको छ।