ला लिगा २०१९/२० सिजनको खेल तालिका सार्वजनिक; एल क्लासिको कहिले?

स्पेनिस लिग ला लिगा २०१९/२० को खेल तालिका औपचारिक रुपमा सार्वजनिक भएको छ ।

ला लिगाको पहिलो राउन्ड अगस्ट १८ देखि सुरु हुँदै छ ।

ला लिगामा नया सिजनको पहिलो एल क्लासिको बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा अक्टोबर २७ मा हुने छ भने दोस्रो एल क्लासिको रियलको घरेलु मैदान बर्नाबेउमा मार्च १ मा हुन छ । त्यसै गरि म्याड्रीड डर्बि सेप्टेम्बर २९ र फेब्रुअरी २ मा हुने छ ।

नया सिजनको पहिलो खेलमा रियल म्याड्रीडले सेल्टा भिगोको घरेलु मैदानमा उनीहरु संग खेल्ने छ भने बार्सिलोनाले बिल्बाओको घरेलु मैदानमा खेल्ने छ ।