ला लिगा क्लबद्वारा ए डिभिजन लिगलाई शुभकामना

स्पेनिस क्लब ईबरले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबललाई शुभकामना दिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत ला लिगा क्लब ईबरले शनिबारबाट सुरु ए डिभिजन लिगकालागि टिम, खेलाडी र नेपाललाई शुभकामना दिएको हो ।

करिब पाँच बर्षपछि हुन लागेको ए डिभिजन लिगलाई शुभकामना दिदै क्लबले प्रतियोगिाले नेपालको व्यवसायी फुटवल विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएको छ ।
ईबर स्पेनको शीर्ष डिभिजनको क्लब हो ।