ला लिगा अमेरिका र क्यानडामा पनि खेलाउने ला लिगाको घोषणा

केही दिनअघि मात्रै एसियाका आठ देशमा फेसबुकमार्फत् खेल देखाउने घोषणा गरेको स्पेनिस ला लिगाले अब आफ्ना खेल युरोपियन देशभन्दा बाहिर पनि देखाउने भएको छ । बिहीबार भएको सम्झौताअनुसार ला लिगाले अब अमेरिका र क्यानडामा पनि खेल सञ्चालन गर्ने भएको हो ।

अमेरिका र क्यानडामा ला लिगाका खेल सञ्चालन गर्न १५ वर्षलाई सम्झौता भएको छ । फेसबुकमार्फत् खेल देखाउने घोषणा गरेर ला लिगाले युरोपबाहिर खेल देखाउने सम्झौता गर्दै फुटबललाई बृहत् ढंगले अघि बढाउने संकेत गरेको छ ।

सम्झौतापछि ला लिगाले युरोपबाहिरको पनि फुटबल विकासमा सहयोग गर्ने आफूहरूको चाहना रहेको बताउँदै आएको छ । यद्यपि, ला लिगाले यस सिजनका कति खेल बाहिर खेलाउँदैछ भन्नेबारे भने खुलाएको छैन ।