ला लिगाले रोनाल्डोलाई मिस गरेको छैन : ला लिगा अध्यक्ष

FILE PHOTO: Soccer Football - Serie A - Juventus v Lazio - Allianz Stadium, Turin, Italy - August 25, 2018 Juventus' Cristiano Ronaldo during the match REUTERS/Massimo Pinca/File Photo

ला लिगा अध्यक्ष जेभियर तेबासले क्रिष्टियानो रोनाल्डो युभेन्ट्स स्थानान्तरण भएर पनि स्पेनिस प्रिमियर डिभिजनमा केही असर नपरेको बताएका छन् । यद्यपि तेबासका अनुसार यदि त्यो स्थानान्तरण चार बर्ष अघि भएको भए त्यसले आफूलाई असर पर्ने बताएका छन् ।

स्मरणीय छ कि रोनाल्डो यसै सिजन १०५ मिलियन युरोमा रियल मेड्रिडबाट इटालियन च्याम्पियन युभेन्ट्समा आवद्ध भएका थिए । रोनाल्डोको अनुपस्थितिमा रियलले यस सिजन आफ्नो आक्रमण लाईनमा निकै संघर्ष गरिरहेको छ । तर पनि तेबासका अनुसार ला लिगाले आफ्नो खेल र आर्थिक कारोबारमा रोनाल्डोलाई हाल मिस नगरेको स्पष्ट पारेका छन् ।

डेलीमेलसँग कुरा गर्दै तेबासले भने, “हामीले ला लिगाको ब्राण्डलाई एउटा खेलाडी र क्लबभन्दा माथि लैजान धेरै काम गरेका छौं । चार बर्ष अघि रोनाल्डोले क्लब छोडेको भए, त्यसले मलाई तनाव हुन्थ्यो । १ देखि १० सम्मको स्केलमा उनी ९ हुन्थे । तर अहिले उनी मलाई ३ देखि ४ सम्म मात्र समस्यामा पार्छन् ।”