ला लिगामा मेस्सीले तोडे आफ्नै रेकर्ड

स्पेनिस ला लिगाम तेस्रो हप्ताको खेलमा बार्सिलोनाले नवप्रवेशी टोली हुएस्कामाथि ८–२ को फराकिलो जित निकाल्यो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ भएको खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले व्यक्तिगत २ गोल गरे ।

सिजनको पहिलो ह्याट्रिक गर्ने अवसर पाएर पनि सो अवसर टिममेट लुइस स्वारेजलाई दिएका उनले सोही खेलबाट अर्को रेकर्ड बनाए । मेस्सीले ला लिगामा अर्को नयाँ क्लबविरुद्ध गोल गर्ने रेकर्ड बनाएका हुन् ।

ला लिगको इतिहासम अब मेस्सी एक मात्रै त्यस्ता खेलाडी बनेका छन, जसले लिग खेल्ने सर्वाधिक धेरै ३७ टोलीविरुद्ध गोल गरेका छन् । उनले बार्सिलोनाबाट ला लिगा खेल्न थालेयता विभिन्न ३७ टोलीविरुद्ध गोल गर्ने पहिलो खेलाडीको रेकर्ड बनाएका हुन् ।

मेस्सीले गत वर्ष जिरोनाविरुद्ध गोल गर्दै लिगमा सर्वाधिक धेरै ३६ टोलीविरुद्ध गोल गर्ने खेलाडीको रेकर्ड बनाएका थिए । यसपटक उनले आफ्नै रेकर्ड ताडेर नयाँ रेकर्ड बनाएका हुन् ।
यसअघि ला लिगामा रियल मड्रिडका राउल गोन्जालेजले विभिन्न ३५ टोलीवविरुद्ध गोल गर्ने खेलाडीको रेकर्ड बनाएका थिए । गत वर्ष मेस्सीले सो रेकर्ड तोड्दै आफ्नो नाममा लेखाएका थिए ।