“ला लिगामा भीएआरले एउतै टिमको मात्र मदत गरेको छ “

RUEDA DE PRENSA BARTOMEU

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टाेमेउले एथलेटिक बिलबाओ बिरुद्ध रियल मैड्रिडको १-०को जीतमाथि प्रश्न गरे।

उक्त खेलमा लस ब्ल्यान्कोसले भीएआरको मदतले पेनाल्टीको पाए र खेल जिते।

यद्यपि उनले रियल म्याड्रिडको विशेष उल्लेख गरेनन्, तर बार्टाेमेउले रियललाई लक्षित गर्दै भीएआरको विवादास्पद प्रयोगलाई जनाए।

“भीएआर सबैले चाहेको तहमा छैन,” उनले मोभिस्टारलाई भने।

“पोस्ट-लकडाउन पछि, त्यहाँ धेरै खेलहरू छन् जुनमा राम्रो निर्णय भएको छैन र एउतै [टीम] लाई मात्र भीएआरले धेरै मदत गरेको छ ।

“भीएआरले रेफरीलाई सहयोग गर्नु पर्छ।

“पछिल्ला केहि खेलहरूमा सबैले देखेका छन् जहाँ भीएआर राम्रोसँग प्रयोग भएको छैन।”