ला लिगामा आज हुने सबै खेलहरु नेपाली समयमा हेनुहोस

ला लिगा फुटबलमा आज साबिक विजेता बार्सिलोना लिगको पाँचौं हप्ताको खेल खेल्दैछ । यो सिजनका सबै खेलमा शतप्रतिशत जित निकालेको बार्सिलानाले गत वर्षबाट ला लिगामा प्रवेश गरेको जिरोनालाई आफ्नो घरमा आतिथ्यता दिँदैछ ।

आफ्नो घरेलु मैदान क्याम्प नोउमा पाहुना टोलीलाई स्वागत गर्दा बार्सिलोना स्पष्ट जितेको खोजीमा हुनेछ । गत सिजनको अन्तिम खेलमा बार्सिलोनाले जिरोनालाई आफ्नै घरमा ६–१ ले हराएको थियो ।

उक्त खेलमा बार्सिलोनाका लागि लुइस स्वारेजले ह्याट्रिक गरेका थिए भने मेस्सीले पनि २ गोल गोल गरेका थिए । त्यसको एक वर्षपछि पुनः जिरोनासँग बार्सिलोना आज आफ्नै घरमा खेल्दैछ ।

यो सिजन बार्सिलोनाले खेलेका ४ वटै खेल जितेर विजयी यात्रा जारी राखेको छ । यता, जिरोनाले भने हालसम्म ४ मध्ये दुई खेल जितेर एकमा हार व्यहोर्दा एकमा बराबरी गरेको छ । जिरोना लिगको १०औं स्थानमा रहेको छ ।
आज घरेलु मैदानमा हुने खेल बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले आफ्नो पहिलो रोजाइका खेलाडी मैदान उतार्ने तयारी गरेका छन् ।

बार्सिलोना र जिरोनाको खेल नेपाली समयअनुसार आज राति (सोमबार बिहान) १२ः३० बजेबाट सुरु हुनेछ ।

ला लिगामा आज हुने अन्य खेलहरु:
लेभान्टे भर्सेस सेभिल्ला – ३ः४५ बजे ।
भिल्लारियल भर्सेस भ्यालेन्सिया – ८ः०० बजे ।
रियल बेटिस भेर्सेस एथ्लेटिक बिल्बाओ – ११ः४५ बजे ।