ला लिगामा आज हुने खेलहरु नेपाली समयमा हेर्नुहोस

स्पेनिस लिगको शीर्ष दुई स्थानमा रहेका बार्सिलोना र सेभिल्लाबिचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । पछिल्लो समय लय समात्न असफल बार्सिलोना लिगको शीर्ष स्थानमा फर्कन सेभिल्लालाई घरेलु मैदान क्याम्प नोउमा पराजित गर्ने सुरमा हुनेछ ।

पछिल्ला खेलमा दबाब बनाएपनि सेभिल्ला अहिले राम्रो लयमा छ । शीर्ष स्थानमा अग्रता लिने टोलीलाई सुवर्ण मौका पनि छ । डिफेन्डर सिमोन केएरले त मेसी र बार्सिलोनाविरुद्ध सेभिल्ला कुनै हालतमा नडराउने अभिव्यक्ति नै दिएका छन् ।

आज हुने सबै खेलहरु नेपाली समयमा:

Real Madrid 16 : 45 Levante

Valencia 20 : 00 Leganés

Villarreal 22 : 15 Atlético Madrid

Barcelona 00 : 30 Sevilla