ला लिगामा आज यी खेलहरु हुदै – बार्सा, रियल र अन्य क्लबका खेल नेपाली समयमा

ला लिगा फुटबल अन्तर्गत बुधबार राति विभिन्न ४ खेलहरु हुँदैछ । बुधबार राति शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियल मड्रिडले आ आफ्नो प्रतिद्वन्द्वीविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

बार्सिलोनाले लेगानेसविरुद्ध उसैको मैदानमा खेल्दैछ । लेगानेसविरुद्ध मैदान उत्रदा बार्सिलोना जितलाई निरन्तरता दिंदै शीर्ष स्थान कायम राख्न चाहन्छ । बार्सिलोनाले ५ खेलबाट १३ अंक जोडेको छ । बार्सिलोना र लेगानेसबीचको खेल नेपाली समय अनुअर ११:४५ मा हुनेछ ।

यस्तै रियलले सेभियासंग उसैको मैदानमा खेल्दैछ । बार्सिलोनासंग अंक बराबर भएपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको रियल जित निकाल्दै शीर्ष स्थानमा पुग्न चाहन्छ । रियल र सेभियाबीचको खेल राति १:१५ मा सुरु हुनेछ ।
स्पेनिस ला लिगा अन्तर्गत नै बुधबार राति एट्लेटिको बिल्बाओ र भिया रियल तथा भ्यालेन्सिया र सेल्टा भिगोबीच खेल हुनेछ ।