ला लिगामा आज यी खेलहरु हुदै, नेपाली समयमा हेर्नुहोस

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार ३ खेल हुदै छ । ला लिगाको उद्घाटन खेलमा बार्सिलोना एट्लेटिक क्लब संग १-० ले पराजित भएको थियो ।

आज पहिलो खेल रियल म्याड्रिडले सेल्टा भिगो संग उसैको घरेलु मैदानमा राती ८:४५ मा खेल्दै छन् । रियलका नयाँ खेलाडी इडिन हाजाडले घाइतेका कारण खेल गुमाउने छ ।

त्यसै गरि दोस्रो खेल भ्यालेन्सिया र रियल सोसिइदाद बिच हुने छ । यो खेल राती १०:४५ मा भ्यालेन्सियाको घरेलु मैदानमा हुने छ ।

अन्तिम खेल मालोर्का र इबा र बिच हुने छ । यी खेल भने राती ११:४५ मा सुरु हुने छ ।