ला लिगामा आज यी खेलहरु हुँदै, रियल म्याड्रिडलाई शीर्ष स्थानमा फर्कने मौका

स्पेनिस लिग ला लिगा अन्तर्गत आज ४ खेल हुनेछ ।

पहिलो खेलमा ओसासुनाले रियल भालादोलिडको सामना गर्नेछ । यस खेल सझ ६:४५ मा सुरु हुनेछ ।

त्यस्तै, दोस्रो खेलमा रियल म्याड्रिडले जिरोनासंग भिड्नेछन् । रियलले जित हासिल गरे शीर्ष स्थानमा पुर्ण फर्कने छ । रियलको घरेलु मैदानमा हुने यस खेल राती ९ बजे सुरु हुनेछ ।

अट्लेटिको बिल्बाओले भिल्लारियलसंग प्रतिस्पर्धा गर्नेछ । यस खेल भने राती ११:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल रियल सोसिइडाड र रियल बेटिसबिच हुनेछ । यस खेल मध्ये रातको १:४५ मा सुरु हुनेछ ।