ला लिगामा आज बार्सिलोना र ह्वेस्का भिड्दै – कति बजे?

घरेलु लिग ला लिगामा लगातार दुई खेल जितेको बार्सिलोनाले लिगको तेस्रो खेल आज यसै सिजन सेगुन्डा डिभिजनबाट प्रोमोट भएको क्लब ह्वेस्कासँग खेल्नेछ ।

नेपाली समय अनुसार राति सवा १० बजे बार्साको घरेलु मैदान क्याम्प नाउमा सुरु हुनेछ ।

बार्सिलोनाले लिगको पहिलो खेलमा आलाभेसलाई ३–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा रियल भालाडोलिडलाई १–० गोलले पराजित गरेको थियो । उता ह्वेस्काले पहिलो खेलमा एइबारलाई २–१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा एथ्लेटिक बिल्बाओसँग २–२ गोलको बराबरी खेलेको थियो ।

ला लिगामा यी दुई क्लब पहिलो पटक भिड्न लागेका हुन् ।