ला लिगामा आज बार्सिलोना र एट्लेटिको म्याड्रिड भिडै

एजेन्सी, ला लिगा अन्तर्गत शनिबार बार्सिलोना र एटलेटिको म्याड्रिड एक अर्कासंग भिड्ने छन। दुबै टोलि लिग उपाधी दौडमा रहेको छ।

यस्ता दुई खेलाडी छन जस्ले यस खेलमा आफ्नो प्रभाव छाड्न चाहन्छन। एन्टोइन ग्रिज्म्यान र लुइस सुआरेज। यी दुबै खेलाडीको जारी सिजन गोल संख्या १९ पुगेको छ।

ग्रिज्म्यान र सुआरेज दुबैले आफ्ना पुर्व क्लबबिरुद्ध खेल्दै छ। त्येसो त, यी दुबै खेलाडीले हालका क्लब भन्दा पुर्व क्लबमा सफल रहेको थियो।

ग्रिज्म्यान एट्लेटिको म्याड्रिडको इतिहासमा सर्वाधिक गोलकर्ताको पाचौं स्थानमा रहेको छ। त्येस्तै सुआरेज बार्सिलोनाको तेस्रो सर्वाधिक गोलकर्ता हुन।

यी दुबै खेलाडीको जारी सिजन १९ गोल रहेको छ र आफ्ना टोलिका लागि निर्णायक भुमिका खेल्न सक्दछ। सुआरेजको १९ गोल सबै ला लिगामा आएका हुन भने ग्रिज्म्यानले १२ गोल ला लिगामा, २ गोल च्याम्पियन्स लिगमा, २ सुपरकोपा डि स्पानामा र ३ कोपा डेल रेमा आएको थियो।

यद्यपि, ग्रिज्म्यानले १९ गोल गर्न ४७ खेल खेल्नु परेको थियो भने सुआरेजले मात्र ३४ खेल खेले।

हाल लयमा देखिएका छन ग्रिज्म्यान। उन्ले पछिल्ला केही खेलमा गोल गर्दै आएका छन भने सुआरेज चोटबाट फर्के यता गोलबिहिन छन।