ला लिगाको टेलिभिजन प्रसारण राजस्व :-बार्सिलोना र रियल म्याड्रिडको सबै भन्दा बढी आमदानी

बार्सिलोना र रियल म्याड्रिडले २०१८/१९ सत्रको लागि ला लिगाको प्रसारण राजस्वको संयुक्त रूपमा €३२१।८ मिलियनको आमदानी गरेको छ।

ला लिगाले आफ्नो शीर्ष लिगको क्लबहरू बीच €१.४२ बिलियनको वितरण गरेको छ, च्याम्पियन बार्सिलोनाले गत सिजनको तुलनामा €१२ मिलियन बढी कमाए, बार्सिलोनाको कुल €१६६ मिलियन कमाई रहेको छ।

यसै बीच, रियल म्याड्रिडलाई €१५५ मिलियन प्रदान गरिएको छ, जसमा उनको प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडले €११९ मिलियन पाएको छ।

सब भन्दा कम प्राप्त गर्ने टोलीलाई ह्युस्का रिलेगेट भएको थियो, जसलाई । €४४ मिलियन दिएको छ।

ला लिगाको टेलिभिजन प्रसारणबाट आएको पैसाको ५० प्रतिशत क्लब बीचमा समान रूपमा वितरण हुने गर्छ भने, बाँकी आधा दुई बराबर भागमा बाँडिएको छ र विगत ५ सत्रमा सामाजिक परिणाम र खेल प्रभावको आधार र खेलको नतिजामा आधारित छ।